"जी २० सम्मेलन "[भारत र नेपाली चासो ।केशवप्रसाद चौलागाई"]

G-20
केशवप्रसाद चौलागाई |

विश्वका औद्योगिक र आर्थिक रुपले सम्पन्न बीसओटा राष्ट्रहरुको आर्थिक तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने अन्र्तसरकारी फोरमका रुपमा अगाडी बढेको ग्रुप २० को सम्मेलन भारतको नया दिल्लीमा सेप्टेम्वर ९ र १० तारिख २०२३ मा हुन गइ रहेको छ । रुस, ukrein तथा जलवायु परिवर्तन लगायतका मुद्धाहरुले साझा सहमतिमा असर पार्ने त होइन ? भनेर चिन्ताको पनि विषय बनेको छ । भारतीय नेतृत्व क्षमता र भावी कार्यदिशा पनि नेपाल जस्ता स्याना छिमेकी देशका लागि अध्यनको विषय बन्नु स्वभाविकै हो । Russia & Ukreine युद्ध सँगै बहुध्रवीय विश्व दुइ ध्राविय वन्ने खतराले सबै शान्ति प्रेमीहरुलाई चिन्तित तुल्याइ रहेको अवस्थामा भारतको भूमिका र अवस्था पनि महत्वपूर्ण विषय बनेको छ ।

सन २०१४ फरबरीमा इस्टीच्यूट फर डिफेन्स एण्ड सेकुरिटी एनालाइसिस (क्ष्म्क्ब्) नया दिल्लीमा आयोजना गरिएको “इमर्जिङ चाइनाज ट्रेन्ड एण्ड इन्डियाज रेस्पोन्स” विषय एशियाली सम्मेलनमा अहिलेको विश्व चीन र अमेरिकी दुइ धु्रवमा रहेको वताएका चीनिया प्रतिनिधिको लिखित र मौखीक भनाइ भारतले स्वीकारेको झै अनुभुती भएको थियो ।

सम्मेलनमा सहभागीका हैसियतले वहुध्रविय विश्वको अवधारणका रुपमा यस लेखकले “आयार्वत”को अवधारणालाई प्रस्तुत गर्दै “इण्डोपेसिक र आर्यावर्तका रणनीतिक क्षेत्रहरु” लेख प्रकाशित गरेको थिए । भारत सरकारको भन्दा नेपाली बुद्धिजीवीका रुपमा नया अवधारणा प्रस्तुत गर्दै बहुधुवीय विश्वको आधार प्रस्तुत गर्दा चीनीय वेल्ट एण्ड रोड इनिसियटिभ तथा अमेरिकी मिलिनियम च्यालेन्ज कपेरिसनका बीच समन्यवय गर्न सक्ने मौलिक नेपाली रणनीतिक अवधारणा बन्न पुगेको छ । संयुक्तराष्ट्र संघमा युव्रmेनमाथी रुसी आव्रmमणका विषयमा छलफल तथा मतदानमा तटस्थ वस्दै आएको भारत र चीनको सहभागिताका कारण जी २० को मन्त्रीस्तरिय निर्णयमा रुसी आव्रmमण वारे साझा प्रस्ताव पारित हुन सकेन ।

चीन र भारतका बीच राजनीतिक र सीमा विवादले युद्ध समेत भइ सकेको र वर्तमानमा झडप पनि भइरहेको परिपेक्षमा भारतीय नेतृत्व क्षमताले क्षेत्रीय सुरक्षा र समृद्धिको मुद्धामा कस्तो निर्णय गर्ने हो ? प्रतिक्षाको विषय रहेको छ । दक्षिण एशियाली सहयोग संगठनको भारत र पाकिस्तान बीच विवादका कारण सम्मेलन हुन नसकि रहेको अवस्थामा जी २० सम्मेलनमा चीनको सकृयताले भारतीय नेतृत्व छायामा मा त पर्ने होइन ? भनेर विश्लेषण गर्ने ठाउ पनि छ ।

रुस–युव्रmेन युद्धलाई शान्ति वार्तमा ल्याउन चीनले गरेको १२ बुदेँ प्रस्ताव र बेलारुसले प्रस्तावलाई समर्थन गरे पश्चात चीनको चर्चा र प्रभाव सम्मेलनमा पर्ने  देखिन्छ । औद्योगिक र आर्थिक स्थितिमा रुस युव्रmेन युद्धले ठुलो प्रभाव पार्नुका साथै नया विश्व व्यवस्थालाई समेत प्रभाव पारेको अवस्थामा सवैको ध्यान चीन तर्फ नै जाने हुदा भारतीय नेतृत्वले सहकार्य गर्ला कि नया विकल्प देला ? सवैको चासोको विषय वनेको छ ।“एक विश्व, एक परिवार र एक भविष्य” नारा रहेको सम्मेलनले प्राचीन वैदिक दर्शन “बसुधैव कुटुम्वक” लाई आत्मसात् गरेको छ ।

जी २० अन्र्तराष्ट्रिय सम्मेलन भारतका छिमेकी राष्ट्रहरुका लागि भुगोल, भावना र व्यावहारको दृष्टिले महत्व राख्ने भएकाले ‘पहिले छिमेक’नारा दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीहरुलाई कसरी स्वागत गर्लान ? भनी परराष्ट्रका विज्ञहरुको पनि चासो रहेको पाइन्छ । नेपालमा सार्क सम्मेलन पनि हुन नसकिरहेका बेला एउटा गैर सरकारी संस्थाले सन् २०१८ मा एशिया प्यासिफिक सम्मिट आयोजना गरी धेरै देशका राष्ट्रप्रमुख, सरकार प्रमुख, सभामुखहरु पूर्व राष्ट्रप्रमुख तथा पूर्व सरकार प्रमुखहरुको उपस्थिति गराएको थियो ।"Addressing critical challenges of our time: Peace, Development, Good Governance and the Role of parliamentarians विषय छलफल देखी Climate change the Role of faith–Based organizations and civil society,Role of media ,peace initiatives and peace projects around world जस्ता विषयमा राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको मन्तव्यले अन्र्तराष्ट्रिय स्तरलाई समाउन सकेको थियो ।

सामरिक, राजनीतिक कारणले विश्वलाई विनास र्तफ लगिरहेको छ भन्ने सोचाइलाई कोभिड  १९ को संव्रmमणको रोगले पनि थप सोच्न बाध्य पारे पश्चात वौद्धिक हिसावले नया विश्व व्यावस्थाको अवधारणा लेखकले प्रस्तुत गरेको थियो । शीत युद्ध समाप्तीका लागि अन्र्तराष्ट्रिय शान्ति वर्ष सन् १९८६ मा विश्व शान्ति महायज्ञ आयोजना गरी अन्तत: शीतयुद्ध्र समाप्त पार्न सकेको घटनाको एक साक्षी भएकाले नया विश्व व्यावस्थाबारे सोच्न सकिएको हो ।

असफल पुजीवाद र कम्यूनिज्मको विकल्प खोज्ने क्रममा शान्ति र सहिणुताको विश्व वनाउन सक्ने मौलिक दर्शन र अभ्यासलाई लेखाई र साधना द्धारा पुष्टि गर्ने क्रममा अनुसन्धान देखी विश्व शान्ती महायज्ञ समेत आयोजना गरी सफलता पनि प्राप्त गरेको स्थिति रहेको छ । विश्व शक्ति, राष्ट्रहरुको आर्थिक र सामरिक होडबाजीबाट उत्पन्न हुने त्रास र विध्वंसहरुबाट पृथ्वी र मानवजातीलाई बचाउन अन्र्तराष्ट्रिय गतिविधीहरु सँग जानकार हुँदै चुनौती दिन सकेका छौ । भुराजनीतिक महत्व रहेको नेपालको नागरिकका हैसियातले दैवी शक्ति र वौद्धिक शक्तिलाई साधना र लेखन मार्फत अगाडी बढाउदै छिमेकी भारत, चीन तथा टाढाका पश्चिमी शक्तिहरुको होडबाजीबाट मुलुक र जनतालाई जोगाउँदै समृद्धिमा पुर्‍याउने उपायहरु अपनाउदै आएका छौ ।

यसै पृष्ठभूमीबाट भारतमा सम्पन्न हुन गइ रहेको जी २० सम्मीटबाट दक्षिण एशियामा समेत राहतको अनुभूती हुन सकोस भन्दै आफ्नो विचाहरु सम्प्रेषण गरिरहेका छौं । नेपालका दुवै ठुला छिमेकी चीन र भारत जी २० सम्मिट मार्फत आफ्नो समृद्धि र सुरक्षा खोजी रहदा स्थाना छिमेकी नेपालको सुरक्षा र समृद्धिका बारे पनि सोच्नु पर्छ कि पदैर्न ? हामी नेपालीहरुले गरिइने प्रश्न हुन् । जलवायु परिवर्तनको कुरा गर्दा हाम्रा पग्लीइदै गरेका हिमनदीहरुको संरक्षणका लागि कार्यक्रमम वन्छ कि वन्दैन ? प्रतिक्षाको विषय हो । जनचासो बढी रहेको अवस्थामा राजनीतिक अस्थिरताका कारण नेपाल सरकारले आवश्यक कुराहरु राख्न सक्ने हो कि होइन ? महत्वपूर्ण कुरा हो । सदा स्वतन्त्र रहेको मुलुकका नाताले सम्मेलनको सफलताका लागि प्रत्यक्ष अप्रतयक्ष सहयोग पुर्‍याउनु पर्दछ । भगवान पशुपतिनाथ, भगवान गौतम बुद्ध, माता जानकी, मुक्तीनाथ भगवान तथा सर्वोच्च शिखर सगरमाथाको देशको उपस्थिति हुन सक्दा सफलता सहज वन्ने कुरा भारत सरकारलाई विश्वास दिलाउन सक्नु पर्दछ ।

धार्मिक क्षेत्रले निर्णायक भुमिका निभाउन सक्ने यस क्षेत्रमा धार्मिक कुटनीतिको उपयोग नेपाल सरकारले गर्न सक्दा शान्ति र समृद्धिमा योगदान पुग्ने छ । पशुपतिनाथ र विश्व व्यावस्थाको अवधारणाले भारत सरकार नेपालको सद्भाव प्राप्त गर्न सकारात्मक वन्ने छ । आर्यार्वत: पुण्य भूर्मीमध्यं विध्यहिमालयो आर्यावर्तको भावनाले नेपाललाई संगै राख्न भारत हिचकिचाउने छैन । भगवान बुद्धको सन्देशलाई उपस्थित सवै देशका प्रतिनिधिहरुमा पुर्‍याउदै साझा गन्तव्यमा पुग्न नेपालको उपस्थिति लाभकारी हुने छ । भारत र पाकिस्तान बीचको मनमुटाव र टव्रmाउका कारण सार्क संगठन असफल भएझै चीन र भारतको कारण यो सम्मेलन असफल नहवोस भन्नाका लागि नेपालले भूमीका खेल्न सक्छ ।

ट्रयाक टु कुटनीति र धार्मिक, सांस्कृतिक सÇट पावरका कारण नेपाल भारत सम्बन्धमा सकारात्मक प्रभाव पर्नुका साथै नया विश्व व्यवस्थाका लागि नेपाली नेतृत्व स्वीकार्य वन्न सक्छ । नेपाली राजनीतिक क्षेत्र र भारतीय प्रशासनीक तथा वौद्धिक क्षेत्र धर्म संस्कृति प्रति उदासिन झै देखिइनाले धार्मिक सांस्कृतिक क्षेत्रको योगदान सदुपयोग हुन सकिरहेको छैन । नेपाली धार्मिक क्षेत्रले गरेका अनुसन्धान तथा संजालहरुका कारण नेपालले उपयोग गर्दै अगुवा वन्न सक्नेछ । 

द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मीक क्षेत्रको भूमिका अनुसन्धान, स्वराज्य र मेलमिलाप भावी विश्वको आधार पुस्तक तथा “पशुपतिनाथ र विश्व व्यावस्था लेखका कारण राष्ट्रिय र अन्तराष्ट्रिय समस्याबाट निकासका लागि योगदान पुर्‍याउन सकिरहेका छौं । अन्र्तराष्ट्रिय सभा सम्मेलन, अन्र्तराष्ट्रिय विश्व विद्यालय र थिकेटैक संस्थाहरुसँगको छलफल र अनुसन्धानमा संलग्नताका कारण जी २० जस्ता सम्मीटमा सहयोग पुर्‍याउन सक्ने छांै । जी २० सम्मिटमा नेपालको सरकारी तथा गैरसरकारी क्षेत्रको चासोले भारतीय नेतृत्वलाई सहयोग नै पुग्ने छ । 
Previous Post Next Post

Ads

Ads

Contact Form